वनमा दाउरा लिन गएका चलाउनेको बाघको आक्रमणबाट मृत्यु – Nepal Press

वनमा दाउरा लिन गएका चलाउनेको बाघको आक्रमणबाट मृत्यु

रुपन्देही । सामुदायिक बनमा घाँसदाउरा लिन गएका बाँकेको राप्ती सोनार ६ निवासी करिब ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

चलाउनेलाई शनिबार बाघले आक्रमण गरेको हो । केही ससयअघि अघि सोही ठाउँका २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी–४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टको बाघको आक्रमणमा मृत्यु भएको थियो ।

स्थानीयका अनुसार शनिबार फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तरगत पर्ने सिक्टा सिचाइँ आयोजनाको पूर्वी नहरको छेउमा चलाउनेलाई आक्रमण गरेर करिब ५ सय मिटर जंगल भित्र लगेको थियो ।

गाउँबाट ठूलो संख्यामा गाउँलेहरु पुगेपछि बाघले शवलाई छाडेर भागेको थियो । सामुदायिक वन समूहले उपभोक्ताका लागि शनिबार दाउरा, घाँस खोलेको थियो । दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिव २५–३० जनाको संख्यामा शनिबार बिहान जंगलमा गएका थिए ।

बाघलाई देखेपछि केहीले रुखमा चढेर ज्यान जोगाउन सफल भएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले फत्तेपुरमा बाघले मान्छे मारेको पुष्टि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *