फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १४५ पुग्यो – Nepal Press

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १४५ पुग्यो

काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आजरातीबाट लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रूपैयाँ बढाएको हो ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु.५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू. २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *