सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्छ : उपाध्यक्ष पोखरेल – Nepal Press

सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्छ : उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरेलले सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटी क्षेत्र नम्बर ५ ले महाराजगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष पोखरेलले परोपकारमा युवाको सक्रियता प्रशंसनीय काम भएको बताए ।

उनले भने, ‘राजनीति पनि देश र जनताको हितकै लागि हुन्छ । समाजसेवा पनि नागरिकको हितकै लागि हुन्छ । युवाहरु यस्तो काममा प्रेरित हुनुपर्छ । तपाईंहरुलाई म र पार्टीको प्रोत्साहन रहने छ ।’

अस्पतालहरुमा रगत अभाव भएका बेला रगत संकलन गरिएकाले यसको खास महत्त्व रहेको पोखरेलको भनाइ थियो । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन युवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा १ सय ५० जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर