जीतपुर-सिमरा गोल्डकप चैत दोश्रो साता – Nepal Press

जीतपुर-सिमरा गोल्डकप चैत दोश्रो साता

सिमरा । १२ औं संस्करणको जीतपुर सिमरा गोल्डकप बाराको सिमरामा चैत दोश्रो सातादेखि सञ्चालन हुने भएको छ ।

फ्लड लाईटमा आयोजना हुने प्रतियोगिताको आयोजक नव जनजागृति यूवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।

सिमरा रङ्गशालामा आयोजना हुने प्रतियोगिता ६ ‘ए’ डिभीजन क्लब, आयोजक र मोफसलका तीन गरि १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र ग्याम्दाङले जानकारी दिए ।

चैत्र १० देखि १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दश लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल सहित विभिन्न विधामा उत्कृष्ट प्रदर्शन खेलाडीलाई जनही २० हजारका दरले पुरस्कृत गर्ने आयोजक क्लबका अध्यक्ष ग्यामदाङले बताए ।

२०६६ बाट शुरु भएको प्रतियोगिताको उपाधि संकटा क्लब, त्रिभूवन आर्मी र मनाङ मस्र्याङदी क्लबले समान दुई–दुई पटक जितेका छन् भने आयोजक सिमरा, थ्रीस्टार, विजय युथ क्लब हेटौंडा, हिमालयन शेर्पा र मजदुर शहिद स्मृति क्लबले एक–एक पटक उपाधि उचालेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मूख्य सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि उपमहानगरले पच्चिस लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै रङ्गशालाको पूर्वाधार मर्मत एवं फ्लड लाइट व्यवस्थापनका लागि उपमहानगरपालिकाले थप २० लाख रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष ग्यामदाङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपमहानगरकी उपप्रमूख सरस्वती चौधरी, क्लबका उपाध्यक्ष शंकर थापा, पूर्व अध्यक्ष कासीम मियाँ, राजकुमार भट्टराई लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर