पर्यटकलाई खुला गर्नु दुईदिनअघि अष्ट्रेलियामा कोभिडले ४३ जनाको मृत्यु – Nepal Press

पर्यटकलाई खुला गर्नु दुईदिनअघि अष्ट्रेलियामा कोभिडले ४३ जनाको मृत्यु

रोयटर्स । अन्तर्राष्ट्रिय पर्यटकलाई सोमबारदेखि सीमा खुला गर्ने तयारी गरेको अष्ट्रेलियामा शनिबार एकैदिन कोभिड संक्रमणले ४३ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरस महामारीको कारण गत मार्च २०२० देखि सीमा बन्द रहेको अष्ट्रेलियाले नोभेम्बरदेखि क्रमिकरुपमा सीमा खुलाउन थालेको छ ।

सुरुमा आफ्ना नागरिक र त्यसपछि अन्तर्राष्ट्रिय विद्यार्थीलाई भित्राउने निर्णय गरेको अष्ट्रेलियाले सोमबारदेखि फुर्सदिला पर्यटकलाई प्रवेश अनुमति दिने निर्णय गरेको थियो ।

खोप लगाउने दरमा भएको वृद्धिले गम्भीर बिरामी र अस्पतालमा भर्ना हुने दरमा कमी आएपछि अष्ट्रेलियाले कोभिडसँगै जीवनलाई अघि बढाउनेबारे योजना बनाइरहेको छ ।

७०० दिनसम्म सीमा बन्द गरेका केही अष्ट्रेलियाली राज्यले तेस्रो डोज खोप लगाएका व्यक्तिलार्ई प्रवेश अनुमति दिने तयारी गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *