अन्तर्राष्ट्रिय उडानमा अनिवार्य पीसीआर परीक्षण हटाउन माग – Nepal Press

अन्तर्राष्ट्रिय उडानमा अनिवार्य पीसीआर परीक्षण हटाउन माग

काठमाडौं । विदेशबाट आउने यात्रुका लागि कोरोनाभाइरसको पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने नियम हटाउन माग उठेको छ । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा संघले अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण र सीसीएमसीको फाराम हटाउन माग गरेको हो ।

पछिल्ला दिनमा भाइरस संक्रमण घटेको र भारतसहित युरोपेली मुलुकले समेत अनिवार्य परीक्षणको व्यवस्था हटाएकाले नेपालमा पनि हटाउनुपर्ने माग संघको छ । उक्त नियम हटाएमा विदेशीको आगमन बढ्ने र पर्यटन उद्योगले राहत पाउने विश्वास संघले लिएको छ । विश्वभर नै कोभिड संक्रमण घटिरहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको संघले जारी गरेको समेत जनाइएको छ ।

विदेशी पर्यटकको आगमनमा धेरै कमी भएका कारण कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्ति पलायन हुने अवस्था रहेको गुनासो संघको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित २९ वटा वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर