रामजीले ल्याए ‘हनिमुन’ : सुहागरातमा पति-पत्नीबीच हुने मनमुटावको कथा (भिडिओ) – Nepal Press

रामजीले ल्याए ‘हनिमुन’ : सुहागरातमा पति-पत्नीबीच हुने मनमुटावको कथा (भिडिओ)

काठमाडौँ । संचारकर्मी समेत रहेका रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा निर्माण भएको छोटो फिल्म ‘हनिमुन’ इन्टरनेट रिलिज भएको छ । १७ मिनेट छोटो फिल्मले हनिमुनमा पति-पत्नीबीच हुने असमझदारी र द्वन्द्वको कथा पेश गर्छ ।

बिहे गर्न केटा र केटी सहमत हुँदै गर्दा पार्टनरको अतितलाई स्वीकार नगर्दा यसले दाम्पत्य जीवनमा ल्याउने तनाव र अमसझदारी यसको मुख्य कथावस्तु हो । निर्देशक ज्ञवालीले नेपाली समाजमा बिहेलाई लिएर व्याप्त समस्या र रिलेसनसिप उतारचढावलाई यो फिल्ममार्फत प्रस्तुत गरेका छन् ।

फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको मुख्य भूमिकामा छन् । निर्देशक ज्ञवालीले जन्मदिन छेकोमा यो फिल्मलाई इन्टरनेट लन्च गरेका हुन् । यसअघि उनले डार्क मुन, एक लभर, लकडाउन लगायतका छोटा फिल्म समेत निर्माण गरेका छन् ।

फिल्म ‘हनिमुन’मा विजय अर्यालको आवाज, बिशाल निरौलाको संगीत, योगेश काजीको ब्याकग्राउन्ड स्कोर तथा मिक्सिङ, राजेन्द्र मोक्तानको कलरग्र्रेडिङ, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । फिल्मलाई संकल्प भुजेलले खिचेका हुन् ।

काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित कार्यक्रममा फिल्म रिलिज गरिएको हो । युट्युवदेखि सार्वजनिक कार्यक्रमसम्म यो फिल्मलार्ई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् भने कतिपयले नेपाली समाजको वास्तविकतालाई उजागर गरेको भन्दै निर्देशक ज्ञवालीलाई बधाई समेत दिएका छन् ।

https://www.youtube.com/watch?v=U5dOupozplM&t=5s


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर