टि-२० विश्वकप क्वालिफायरः टस हारेर नेपाल ब्याटिङ गर्दै, कमलको स्थानमा गुल्शन – Nepal Press

टि-२० विश्वकप क्वालिफायरः टस हारेर नेपाल ब्याटिङ गर्दै, कमलको स्थानमा गुल्शन

काठमाडौं । टि- २० विश्वकप क्वालिफायर अन्तरगत दोस्रो म्याचमा नेपाल पहिलो ब्याटिङमा उत्रिएको छ । फिलिपिन्सले टस जितेर पहिले फिल्डिङ रोज्ने निर्णय लिएको हो ।

नेपालले हिजो ओमानसँग खेलेको टोलीमा एउटा परिवर्तन गरेको छ । फास्ट बलर कमलसिंह ऐरीको स्थानमा गुल्शन झा प्लेइङ ११ मा समावेश गरिएका छन् । करण केसीले चोटका कारण प्रतियोगिता गुमाएपछि झालाई बोलाइएको थियो ।

अहिले नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रिजमा उत्रिएका छन् । हिजोको जितले नेपाली टिमको मनोबल उच्च छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर