४३७ कोरोना संक्रमित थपिँदा २४५४ जना डिस्चार्ज – Nepal Press

४३७ कोरोना संक्रमित थपिँदा २४५४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज ४३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयले ५ हजार १३३ जनाको पीसीआर गर्दा २७५ र ३ हजार ९५८ जनाको एन्टीजेन परीक्षण गर्दा १६२ जनामा कोरोना पुष्टि भएको जनाएको छ।

यस्तै आज थप २४५४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

थप दुईजनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौं जिल्लामा ६८, ललितपुरमा १९ र भक्तपुरमा २ जना कोरोना संक्रमित थपिएका छन् ।

आज देशभरी १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर