सिड्नीमा पौडीबाजलाई आक्रमण गर्ने सार्कको खोजी – Nepal Press

सिड्नीमा पौडीबाजलाई आक्रमण गर्ने सार्कको खोजी

सिड्नी ।अस्ट्रेलियास्थित सिड्नीकाे समुद्री तटमा सार्कको आक्रमणमा एक बेलायती पौडीबाजको मृत्युपछि बन्द गरिएका समुद्री तटहरु खुलेका छन् । पौडी खेल्न गएका एक बेलायतीको सार्कको आक्रमणमा मृत्यु भएपछि सिड्नीका समुद्री तट बन्द गरिएको थियो । सार्कको आक्रमणमा ५९ वर्षपछि पहिलो पटक बुधबार एक जनाको मृत्यु भएको थियो ।

पूर्वी सिड्नीको समुद्री तटमा पौडी खेल्ने क्रममा बेलायतका ३५ वर्षीय सिमोन नेलिस्टको मृत्यु भएको थियो । समुद्री तट खुला गरिए पनि आइतबारका लागि तोकिएको एउटा लोकप्रिय परोपकारी पौडी रद्द गरिएको छ ।

३ मिटर लामो सो नरभक्षी सार्क मार्न राज्यका अधिकारीहरुले खोजी कार्य तीव्र पारेका छन् । सार्क फेला पार्न जेट स्कीमा सर्फ लाइफसेभरहरूले शहरको पूर्वमा बोन्डीदेखि दक्षिणमा क्रोनुल्लासम्म गस्ती गरेका थिए ।

सार्कलाई चारा दिन प्रयोग गरिने ड्रम लाइनहरू तटीय क्षेत्रमा राखिएको विवरण पनि सार्वजनिक भएका छन् । सार्कका गतिविधिहरु पत्ता लगाउन हेलिकोप्टर र ड्रोन परिचालन गरिएका छन् ।

आक्रमणपछि बिहीबार समुद्री तटमा पौडीबाजलाई जान रोक लगाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *