पाठ्यक्रम पूरा नगरी परीक्षा तालिका सार्वजनिक गरिएको भन्दै तालाबन्दी – Nepal Press

पाठ्यक्रम पूरा नगरी परीक्षा तालिका सार्वजनिक गरिएको भन्दै तालाबन्दी

काठमाडौं । स्नातक तह प्रथम वर्षको परीक्षा सार्न माग गर्दै अनेरास्ववियु अमृत क्याम्पस कमिटीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरिएको छ ।

यसअघि लिइएको परीक्षाको नतिजा सार्वजनिक नगरी अर्को वर्षको परीक्षा तालिका सार्वजनिक भएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको अध्यक्ष रुद्रहरी पोखरेलले बताए ।

विगतमा लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्नुपर्ने र पहिलो वर्षको पाठ्यक्रम सतप्रतिशत पूरा गर्नुपर्ने माग अनेरास्ववियुको छ ।

पठनपाठन नसकि परीक्षा नलिन आग्रह गर्दै फागुन ३ गते ध्यानाकर्षण गराउँदापनि त्रिवि परीक्षा नियन्त्रकले वेवास्ता गरेको भन्दै तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ ।

त्रिविले पुरक र नियमित विद्यार्थीहरुलाई फरक फरक परीक्षा गराउदा बेतिथि हुने भएकोले यस्तो कार्य रोक्न अनेरास्ववियुको माग रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर