नेमकिपाको एमसीसीविरोधी प्रदर्शनमा ख्वप कलेजका विद्यार्थी (तस्बिरहरू) – Nepal Press

नेमकिपाको एमसीसीविरोधी प्रदर्शनमा ख्वप कलेजका विद्यार्थी (तस्बिरहरू)

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले एमसीसीको विरोधमा विभिन्न क्याम्पसका विद्यार्थीलाई शुक्रबार प्रर्दशनमा उतारेका छ । नेमकिपाले भक्तपुर ख्वप बहु–प्राविधिक अध्ययन सस्थान लगायतका विद्यार्थीलाई एमसीसीविरुद्धको प्रर्दशनमा उत्रारेको हो ।

एमसीसीविरुद्धको प्रर्दशनमा नेमकिपाले ख्वप बहुप्राविधिक कलेजका विद्यार्थीलाई कलेज ड्रेसमा नै ल्याएको छ । उक्त कलेज भक्तपुर नगरपालिकाले सञ्चालन गरेका हो । कोही विद्यार्थी ड्रेसमा आएका छन् भने कोही आउट ड्रेसमा आएका छन् ।

उनीहरुले नेमकिपाको झण्डा बोकेर प्रर्दशनमा सहभागी भएका छन् । प्रर्दशनमा विद्यार्थी प्रयोग गरेको विषयमा नेमकिपाका सांसद प्रेम सुवाललाई टेलिफोन सम्पर्क गर्दा फोन उठेन । यता ख्वप बहु–प्राविधिक अध्ययन सस्थानको फोन उठेन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा पेश गर्न खोजेपछि बुधबारदेखि नयाँबानेश्वरमा नेकपा एस, माओवादी केन्द्र लगायतका पार्टीका नेता कार्यकताले एमसीसी पास गर्न नहुने भन्दै प्रर्दशन गरिरहेका छन् । आजपनि नयाँ बानेश्वरमा एमसीसीविरुद्ध प्रर्दशन भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर