आरिफको संघर्षपूर्ण इनिङमा नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य – Nepal Press

आरिफको संघर्षपूर्ण इनिङमा नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

काठमाडौं । टि–२० विश्वकप छनोट अन्तरगत अहिले जारी म्याचमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको छ । प्रमुख ब्याट्सम्यानहरु चल्न नसक्दा मध्यक्रमका आरिफ शेखको संघर्षपूर्ण इनिङले नेपाललाई केही राहत दिएको थियो ।

टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले खराब सुरुवात गर्दै १२ रनमै ओपनिङ जोडी गुमाएको थियो । कुशल भुर्तेल ५ र आरिफ शेख ५ रन बनाएर आउट भए । उनीहरु दुवैलाई बिलाल खानले खावर अलिको हातबाट क्याचआउट गराएका थिए ।

त्यसपछि पनि ब्याटिङ पतनको क्रम रोकिएन । सबैभन्दा बढी आशा गरिएका दिपेन्द्र सिंह ऐरी आज चलेनन् । उनी ११ रन बनाएर आउट हुँदा अनुभवि ज्ञानेन्द्र मल्ल पनि १५ रन मात्रै बनाएरु पेभिलियन फर्केका थिए । लोकेश बमले १ छक्का सहित १६ रन बनाए ।

नेपालका लागि आरिफले सर्वाधिक ३८ रन बनाएका थिए । ३७ बलको सामना गरेका उनले २ चौका प्रहार गरे । नवौं नम्बरमा आएका कप्तान सन्दिप लामिछानेले १ छक्का र १ चौका सहित ६ बलमा १६ रन बनाए ।

ओमानका लागि खावर अलिले ३ र विलाल खानले २ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर