एमसीसीविरुद्ध माओवादी र समाजवादीका भ्रातृ संगठन आज पनि सडकमा (तस्बिरहरु) – Nepal Press

एमसीसीविरुद्ध माओवादी र समाजवादीका भ्रातृ संगठन आज पनि सडकमा (तस्बिरहरु)

काठमाडौं । अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध सत्तारुढ गठबन्धनआबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

संसद भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियूले विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरूले यसअघि ४ गते पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका थिए । त्यस दिन प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । विप्लव नेतृत्वको नेकपालगायतका साना वाम दलले पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।

संसद भवन आसपास र प्रदर्शन भइरहेका स्थानवरपर बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तस्बिरहरु :गाैरव पाैडेल

 


प्रतिक्रिया

One thought on “एमसीसीविरुद्ध माओवादी र समाजवादीका भ्रातृ संगठन आज पनि सडकमा (तस्बिरहरु)

  1. माओवादी कार्यकर्ता हरु ले पहिला प्रचण्ड को कठालो समाउनु नि अमेरिकन संग एम सि पास गर्छु ओली सरकार ढाल्नु पर्यो भनेर लिखित सम्झौता गर्ने अनि जनता लाइ चाहीँ यो राष्ट्रघाती छ भनेर भिडाउने ,यसरी सधैं जनता हरु भिडाएर राजनितिमा सफल हुन्छु भन्ने घटिया तल्लो दर्जाको राजनिति कहिले सम्म हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर