एमसीसी मुख्यालयले भन्यो : अनुदानले नेपालमा दिगो सडक संजाल बनाउन फाइदा पुग्नेछ – Nepal Press

एमसीसी मुख्यालयले भन्यो : अनुदानले नेपालमा दिगो सडक संजाल बनाउन फाइदा पुग्नेछ

काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर नेपालमा राजनीतिक र कूटनीतिक संकट गहिरिँदा एमसीसी मुख्यालयले भने सम्झौताको औचित्य पुष्टि गर्ने प्रयास गरेको छ ।

एमसीसी मुख्यालयले ट्वीट गर्दै नेपालको एमसीसी सम्झौताले पूर्व-पश्चिम राजमार्गमा चिल्लो, लामो समयसम्म चल्ने र दिगो सडकहरुको संजाल बनाउन मद्दत पुग्ने जनाएको छ ।

‘बलियो सडक भन्नाले यात्रुहरुको लागि सुरक्षित अवस्था, कम सवारी साधन, मानिस र यातायातको लागि कम यातायात लागत हुनु हो । नेपाल कम्प्याटले पूर्वपश्चिम राजमार्गमा चिल्लो, लामो समयसम्म चल्ने र दिगो सडकहरुको नेटवर्क बनाउन मद्दत पुग्नेछ’ एमसीसीले भनेको छ ।

यसैबीच, झन्डै ६० अर्बको परियोजनालाई लिएर नेपालमा भैरहेको विवादलाई अमेरिकाले ‘प्रपोगान्डा’ भएको बताएको छ । अमेरिकी दूतावासले ट्वीटमार्फत विवादलाई लिएर असन्तुष्टि जनाएको हो ।


प्रतिक्रिया

2 thoughts on “एमसीसी मुख्यालयले भन्यो : अनुदानले नेपालमा दिगो सडक संजाल बनाउन फाइदा पुग्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर