ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा आउट – Nepal Press

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा आउट

काठमाडौं । टी-२० विश्वकप क्वालिफयरअन्तर्गत नेपाल र ओमानबीचको खेल सुरू भएको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका दुवै ओपनर आउट भएका छन् ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः ५ र ४ रनमा आउट भए । दुवैले १-१ चौका प्रहार गरेका थिए । उनीहरू दुवैलाई ओमानका फास्ट बलर बिलाल खानले खवार अलिको हातबाट क्याच आउट गराएका हुन् ।

अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरी संघर्ष गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर