बालाजुमा पैदलयात्रुलाई ठक्कर दिएर फरार भएका बस चालक पक्राउ – Nepal Press

बालाजुमा पैदलयात्रुलाई ठक्कर दिएर फरार भएका बस चालक पक्राउ

काठमाडौं । बालाजुमा पैदलयात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार विहान दुई पैदलयात्रुलाई ठक्कर दिएर फरार भएको बस चालकलाई बससहित हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

धादिङ सिद्धलेक गाउँपालिका ४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरीले जनाएको छ । उनलाई धादिङबेसीबाट पक्राउ गरिएको हो ।

प्रहरीले वाग्मती प्रदेश ०१(००५ ख ९३१४ नम्बरको धादिङ-काठमाडौं रुटमा चल्ने बस समेत नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान ५ बजेर ५० मिनेटको समयमा बालाजुको गंगा हल अगाडि बसले हिँडिरहेका दुई जनालाई ठक्कर दिँदा दुवै घाइते भएका थिए । उपचारको लागि उनीहरुलाई जनमैत्री अस्पताल बालाजु पुर्‍याइएको थियो। तर जनमैत्रीबाट रिफर गरेर विहान साढे ६ बजेको समयमा शिक्षण अस्पताल महाराजगञ्ज पठाइए उपचारको क्रममा दुवै घाइतेहरुको मृत्यु भएको थियो।

बसको ठक्करबाट रसुवा कालिका गाउँपालिका घर भएका मनमैजु बस्ने १८ वर्षीय विकास तामाङ र काठमाडौं महानगरपालिका जागृती टोल बस्ने दुर्गामाया थापा मगरको मृत्यु भएको थियो ।

महानगरीय प्रहरी बृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर