नेटोको सदस्यता लिने युक्रेनको घोषणा : रुस र पश्चिमा मुलुकबीचको तनाव झन् चुलियो – Nepal Press

नेटोको सदस्यता लिने युक्रेनको घोषणा : रुस र पश्चिमा मुलुकबीचको तनाव झन् चुलियो

बीबीसी/लन्डन । रुससँगको जारी तनावको बीचमा युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सदस्यता लिने घोषणा गरेको छ । युक्रेनलाई नेटो गठबन्धनमा सामेल नगराउन रुसले दिएको दवावको बाबजुद युक्रेनले यस्तो बताएको हो । युक्रेनी राष्ट्रपति भ्लोदमिमिर जेलेन्स्कीले युक्रेनी जनताको सुरक्षाको सुनिश्चितताको लागि पनि नेटाको सदस्यता लिने बताएका छन् ।

उनले जुनसुकै सम्झौता पनि खारेज गर्न आफू तयार रहेको पनि बताएका छन् । ‘नेटाको रक्षा गठबन्धनमा सामेल हुँदा युक्रेनका लागि सुरक्षा ग्यारेन्टी हुनेछ,’ राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘यो निर्णय लिनु युक्रेनका लागि पक्कै सजिलो भने हुने छैन तर हाम्रा लागि यसबाहेक अर्को विकल्प पनि छैन ।’

नेटोको सदस्यता लिनेबारे आफूले जनमत संग्रह गराउन चाहेको पनि उनले उल्लेख गरेका छन् । ‘नेटाको सदस्यता लिनेबारे यसअघि नै संविधानमा लेखिएको छ,’ उनले भनेका छन् । नेटो गठबन्धनमा अमेरिका, बेलायतलगायत ३० मुलुकको सहभागिता छ । रुसले युक्रेनलाई नेटाको सदस्यता नदिलाउन भन्दै अमेरिका लगायतका पश्चिमा मुलुकसामु माग तेस्र्याएको छ तर, पश्चिमा मुलुकले रुसी मागलाई पुरा गर्न नसकिने बताएका छन् ।

आफ्नो माग सम्बोधन नभए युक्रेनमाथि सैन्य कारबाहीसमेत गर्न सक्ने संकेत रुसको छ । नोभेम्बरदेखि युक्रेनी सीमा क्षेत्रमा एक लाखभन्दा बढी रुसी सैनिकको उपस्थिती रहेको छ । तर, कूटनीतिक माध्यमबाटै समस्या समाधान गर्न भन्दै रुसले क्रिमिया क्षेत्रबाट केही सैनिक टुकडीलाई फिर्ता बोलाएको जनाएको छ । तर, सेनालाई फिर्ता बोलाउने रुसी दावीको ठोस प्रमाण नभएको भन्दै युक्रेन र अमेरिकाले आक्रमणको सम्भावना उच्च रहेको बतााएका छन् ।

रुसी विदेश मन्त्रालयले बुधबार आफ्नो बेसक्याम्पमा फर्किन रेलमा लोड गर्दै गरिएका सैन्य ट्यांकको भिडियो नै सार्वजनिक गरेको थियो । तर युक्रेन र पश्चिमा राष्ट्रहरू भने यसमा आश्वस्त बन्न सकेका छैनन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले सेना फिर्ता बोलाएकोबारे आफूले सुनेको तर हालसम्म नदेखेको प्रतिक्रिया दिएका थिए । सैनिक फिर्ता तत्कालका लागि एउटा वक्तव्य मात्रै भएको उनको भनाइ थियो । बिहीबार बेलायती रक्षामन्त्री बेन वालेसले त पछिल्लो ४८ घण्टामा थप ७ हजार सैनिक बेलारुसपट्टिबाट युक्रेनी सीमाक्षेत्रमा तैनाथ भएको दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर