सुर्तीजन्य पदार्थको लत छुटाउन डब्लुएचओले ल्यायो ‘क्वीट टोबाको’ एप – Nepal Press

सुर्तीजन्य पदार्थको लत छुटाउन डब्लुएचओले ल्यायो ‘क्वीट टोबाको’ एप

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मानिसमा चुरोट तथा सुर्तीजन्य पदार्थको लत त्याग्न मद्धत गर्ने नयाँ ‘एप’ लन्च गरेको छ । ‘क्वीट टोबाको’ नामक सो एपको प्रयोगले धूमपान र धूमपानरहित सुर्तीजन्य पदार्थको लत लागेका व्यक्तिहरुलाई सो लत त्याग्न मद्धत पुग्ने जनाइएको छ ।

‘सुर्तीजन्य पदार्थको सेवन घातक छ । मानिसले सुर्तीजन्य पदार्थले गर्ने हानीका बारेमा थाहा पाएर पनि त्याग्न सकिरहेका छैनन् । यो एपले त्यस्ता व्यक्तिहरुलाई लतबाट छुटकारा दिलाउन मद्दत गर्नेछ । त्यसैले यो एप आजबाट शुभारम्भ गरेका छौँ,’ एप सार्वजनिकीकरण कार्यक्रममा डब्लुएचओको दक्षिणपूर्वी एसियाका निर्देशक डा पुनम क्षेत्रपाल सिंहले भनिन् ।

डब्लुएचओले यसवर्ष सुरु गरेको ‘कमिट टू क्वीट’’ अभियानकै सन्दर्भ पारेर यो ‘एप’ सार्वजनिक गरेको हो ।

सुर्तीजन्य पदार्थ लक्षित यो ‘एप’ले सुर्तीजन्य पदार्थ प्रयोगकर्ताहरुको पहिचान गर्न उनीहरुको लक्ष्य निर्धारण गर्न, यसप्रतिको मोह व्यवस्थापन गरी सुर्तीजन्य पदार्थ छोड्नका लागि ध्यान केन्द्रीत गराउने दावी गरिएको छ ।

सूर्तीजन्य पदार्थको सेवनले संसारभर हरेकवर्ष ८० लाख बढी व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

सुर्तीजन्य पदार्थ नसर्ने रोगको प्रमुख कारक तत्व मानिन्छ । क्यान्सर, हृदयघात, मधुमेह जस्ता नसर्ने रोग प्रमुख कारक सुर्तीजन्य पदार्थ हो । यस्तै कोभिड–१९ ले पनि सुर्तीजन्य पदार्थ प्रयोगकर्तालाई अन्यलाई भन्दा बढी असर गरेको पाइएको छ ।

पछिल्लो समय इलेक्ट्रोनिक सिगरेट, सिसा तथा हुक्का जस्ता नयाँ नयाँ सुर्तीजन्य पदार्थको प्रडक्ट थपिएका कारण यसलाई निन्त्रण गर्न थप चुनौती थपिएको डब्लुएचओले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर