आजको संसद बैठकमा एमसीसी टेबल नहुने – Nepal Press

आजको संसद बैठकमा एमसीसी टेबल नहुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् ।

आजको बैठकमा पनि देउवाले तत्काल एमसीसी संसदमा पेस गर्ने प्रस्ताव गरेका थिए । नेपालले भने पार्टीको स्थायी कमिटी बसेर औपचारिक धारणा बनाउने भन्दै प्रधानमन्त्रीसँग एमसीसीमा हतार नगर्न आग्रह गरेका थिए । बैठक एक घण्टामै सकिएको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले फागुन ८ गते बिहान १० बजेको बैठकले निष्कर्षमा पुगिने बताए ।

गठबन्धनको बैठकलगत्तै गृहमन्त्री बालकृष्ण खाण, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग प्रधानमन्त्रीले परामर्श गरेका थिए ।

आज संसद बैठक १ बजे बोलाइएको छ । त्यसैको सन्दर्भमा छलफल गर्न मन्त्रीहरू बालुवाटार गएको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर