माछा मार्दा करेन्ट लागेर दाजु-भाइकै मृत्यु – Nepal Press

माछा मार्दा करेन्ट लागेर दाजु-भाइकै मृत्यु

रूपन्देही । माछा मार्ने क्रममा करेन्ट लागेर पाल्पामा एकैघरका दाजुभाइको मृत्यु भएको छ ।

जिल्लाको तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *