आयात र घरजग्गाको कर्जामा कडाई, दुई प्रकारको ब्याजदर लागू हुने (पूर्णपाठ) – Nepal Press

आयात र घरजग्गाको कर्जामा कडाई, दुई प्रकारको ब्याजदर लागू हुने (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत सेयर बजार, बस्तु आयात र घरजग्गाको कर्जामा कडाई गर्ने भएको छ ।

घरजग्गा र बस्तु आयात अनुपादक भएको भन्दै राष्ट्रबैंकले सीमा पुनरावलोकन गर्ने भएको हो । बैंकले प्रवाह गरेको जग्गा प्लटिङसम्बन्धीको कर्जा र मार्जिन प्रकृतिको कर्जाको पुनरावलोकन हुने भएको हो ।

बैंकदरलाई ५ प्रतिशतबाट वृद्धि गरेर ७ प्रतिशत पुगेको छ । नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम भएको हो । बैंकहरुले पुनर्कर्जाको धेरैमा ब्याजदर ७ प्रतिशत लिन पाउने छन् ।

अब दुई प्रकारको व्याजदर लागू हुने भएको छ । उत्पादक क्षेत्रलाई सस्तो र उत्पादक क्षेत्रको तुलनामा अनुत्पादकमा धेरै व्याज लाग्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।

बैंकहरुले कृषि, ऊर्जा तथा लघु, घरेलु, साना उद्योग क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमासम्बन्धी व्यवस्था पुनरावलोकन हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर