गठबन्धन बैठक सकियो, भोलि बिहान १० बजे पुन: बस्ने – Nepal Press

गठबन्धन बैठक सकियो, भोलि बिहान १० बजे पुन: बस्ने

काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । भोलि बिहान १० बजे पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठक पुन: बस्ने गरी आजको छलफल सकिएको बताए ।

एमसीसीबारे निर्णायक छलफल गर्न बसेको बैठकमा के कुरा भयो भन्ने जानकारी आउन भने बाँकी छ।

सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमसीसीबारे गम्भीर बहस भएपछि कुनै निष्कर्षमा नपुगेको र भोलि पुनः छलफल हुने बताए ।

‘गम्भीर विषयमा गम्भीर छलफल भयो,’ संवादाताहरूसँग कार्कीले भने, ‘संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे छलफल भयो । भोलि बिहान बैठक बसेर थप छलफल हुने छ ।’

उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल हुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर