प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी – Nepal Press

प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

काठमाडौं । सरकारले ५ सय १ जना कैदीबन्दीको सजाय मिनाहा गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो ।

प्रजातन्त्र दिवस (फागुन ७) को दिन उनीहरू छुट्नेछन् ।

त्यस्तै राष्ट्रपति कार्यालयको सिफारिसमा १२ जनालाई आममाफी दिइएको छ । राजनीतिक प्रकृतिका मुद्दामा कैद सजाय भुक्तान गरिरहेकालाई आममाफी दिइने गरिएको छ ।

विभिन्न कसुरमा जेलमा रहेका कैदीबन्दीलाई निश्चित मापदण्डका आधारमा सजाय मिनाहा गरिएको हो । गृहमन्त्रालयले ५० प्रतिशत कैद सजाय भुक्तान गरेका, आचरण सुधार गरेका, नकारात्मक गतिविधिमा संलग्न नभएका, चालचलन सुधार गरेका कैदीबन्दीलाई सजाय मिनाहा गर्न मापदण्ड बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर