धनकुटालाई फुसको छानोमुक्त गर्न पहल, सुनिल थापासहितको प्रतिनिधिमण्डलले मन्त्रीलाई बुझायो ज्ञापनपत्र (भिडिओ) – Nepal Press

धनकुटालाई फुसको छानोमुक्त गर्न पहल, सुनिल थापासहितको प्रतिनिधिमण्डलले मन्त्रीलाई बुझायो ज्ञापनपत्र (भिडिओ)

काठमाडौं । धनकुटाका सबै घरमा फुसको छानो हटाउन पूर्वमन्त्री तथा सांसदहरूले अभियान थालेका छन् ।

पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री तथा कांग्रेस नेता सुनिलबहादुर थापाको नेतृत्वमा एक प्रतिनिधिमण्डलले विहीबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर धनकुटामा सुरक्षित नागरिक आवासको कार्य अघि बढाइदिन आग्रह गरेका छन् ।

सरकारमा रहेका पाँच दलीय गठबन्धनका तर्फबाट धनकुटाका नेताहरू पूर्वमन्त्री रकम चेम्जोङ, संविधानसभा सदस्य मनोहर नारायण श्रेष्ठ, सांसद कुसुम श्रेष्ठ, मदन घिमिरे, ऐन कुँवरलगायतले मन्त्री झाँक्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

मन्त्री झाँक्रीले अभियानमा सक्दो सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘अलिकति प्रयास गर्‍यो भने यो अभियान सफल हुन्छ । कम्तीमा फुसको छाना विस्थापित मन्त्रालयको लक्ष्य धनकुटामा होस् भन्नेमा म पनि छु । कति सकिन्छ म यो अभियानमा सहयोग गर्ने छु ।’

मन्त्री झाँक्रीले धनकुटाका पूर्वमन्त्री, सांसद र नेताहरूको प्रतिनिधिमण्डललाई धन्यवाद दिँदै अभियान सफलताको कामना गरिन् ।

धनकुटाका सातवटै पालिकामा फुसको छानो हटाउने अभियानमा आफूहरू लागेको पूर्वमन्त्री थापाले नेपाल प्रेसलाई बताए । उनले भने, ‘विपन्न, दलित र पिछडिएकाहरूको घर फुसको र त्यो पनि अति असुरक्षित छ । सबै पालिकामा ६३ सय घर परिवारलाई लाभान्वित हुने गरी जस्तापाता व्यवस्था गरिदिन मन्त्री ज्यू सँग हामीले आग्रह गरेका छौं ।’

फुसको छाना हटाइ जस्तापाताको व्यवस्था भए नागरिकको ज्यानको सुरक्षा मात्र नभइ जीवनस्तरमा सहज हुने थापाले बताए ।

तस्बिर/भिडियो: उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर