एमसीसीबारे निर्णय लिन सत्तारुढ गठबन्धनको ‘निर्णायक बैठक’ सुरू – Nepal Press

एमसीसीबारे निर्णय लिन सत्तारुढ गठबन्धनको ‘निर्णायक बैठक’ सुरू

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।

एमसीसी अनुमोदन गर्ने सम्बन्धमा साझा धारणा बनाउन बसेको गठबन्धन बैठकलाई चासो साथ हेरिएको छ । प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा एमसीसी टेबल हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान रहेको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिएको छ । माओवादीले एमसीसी टेबल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।

बुधबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे सहमति जुटाउन आज गठबन्धनको निर्णायक बैठक बस्ने सहमति जुटेको थियो ।

गठबन्धन बैठकअघि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन अन्तिमसम्म प्रयास गर्ने बताएका थिए ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने एमसीसी अनुमोदनमा गठबन्धनभित्र असहयोग भए गठबन्धनको विकल्प खोज्नुपर्ने पक्षमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर