झिनो अंकले घट्यो सेयर बजार, २ अर्बको कारोबार – Nepal Press

झिनो अंकले घट्यो सेयर बजार, २ अर्बको कारोबार

काठमाडौं । सेयर बजार झिनो अंकले घटेको छ । आज १.९४ अंकले घटेको हो । ०.०७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३२.५१ अंकमा झरेको छ ।

२ अर्ब २७ करोड ८१ लख ७३ हजार रुपैयाँको मात्रै सेयर आज सेयर कारोबार भएको छ । २ सय २७ वटा कम्पनीका ४० लाख १७ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री भएको हो ।

बजार घटेको दिन तेह्रथुम पावरको सेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ । आज सो कम्पनीको ६.४७ प्रतिशतल सेयर मूल्य वृद्धि भएको हो ।

त्यस्तै जीवन विकास लघुवित्तको सबैभन्दा धेरै कोरोबार भएको छ । सो कम्पनीको २२ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर