कोभिड संक्रमणले विहीबार ६ जनाको मृत्यु, ५७० संक्रमित थपिए – Nepal Press

कोभिड संक्रमणले विहीबार ६ जनाको मृत्यु, ५७० संक्रमित थपिए

काठमाडौं । कोभिड-१९ संक्रमणको कारण पछिल्लो २४ घण्टामा नेपालमा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्मको कूल मृत्यु ११ हजार ९११ पुगेको छ ।

सोही अवधिमा थप ५७० जना कोभिड संक्रमित थपिएका छन् । ९७८९ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सक्रिय संक्रमित संख्या १६ हजार ६१६ मा झरेको छ । विहिबार थप १९९३ जना निको भएका छन् । १ लाख ६४ हजारले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् ।

काठमाडौंमा १६२, कास्कीमा २८, ललितपुरमा २५, मोरङमा ३७ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ । १० जिल्लामा सक्रिय संक्रमण अहिले पनि ५०० भन्दा माथि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर