क्वाड बैठक : रुस-युक्रेन संकटमा अमेरिकाले खोज्यो भारतको साथ – Nepal Press

क्वाड बैठक : रुस-युक्रेन संकटमा अमेरिकाले खोज्यो भारतको साथ

नयाँदिल्ली । युक्रेन संकटलाई लिएर अमेरिका र रुसबीच आरोप-प्रत्यारोप जारी छ । यदि रुसले युक्रेनमाथि हमला गरेमा भारतले आफूलाई साथ दिने आशा अमेरिकाले लिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अष्ट्रेलियामा क्वाड मुलुकका विदेशमन्त्रीको बैठकमा युक्रेन संकटलाई लिएर छलफल भैरहेको बताएका छन् ।

भारतको प्रशंसा गर्दै प्राइसले सँधै अन्तर्राष्ट्रिय कानूनअनुसार चल्नको लागि दिल्लीले वासिङ्टनलाई साथ दिएको जनाए । बुधबार मिडियासँग कुरा गर्दै प्रवक्ता प्राइजले युक्रेन–रुस संकट समाधानको उपाय युद्ध नभएर कूटनीति भएकोमा सदस्य मुलुकका मन्त्रीले जोड दिएको बताए ।

हिन्द-प्रशान्त, युरोप र विश्वकै मामिलामा पनि भारतले अमेरिकालाई साथ दिने आशा उनले व्यक्त गरे । चीनतर्फ लक्षित गर्दै भियतनाम र फिलिपिन्सजस्ता साना देशलाई धम्की दिइएको उनले आरोप लगाए ।

प्राइसका अनुसार क्वाड बैठकको क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र भारतीय समकक्षी एस जयशंकरबीच प्रतिरक्षा मामिलालाई लिएर समेत छलफल भएको थियो । तर, रुसबाट एस–४०० मिसाइल प्रतिरक्षा प्रणाली खरिद गर्ने भारतको कदमबारे अमेरिकाले के भन्यो भन्ने बारे उनले खुलाएनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर