सिंगापुरले दुई दर्जन मुलुकका नागरिकलाई अन्तर्राष्ट्रिय सीमा खुलाउने – Nepal Press

सिंगापुरले दुई दर्जन मुलुकका नागरिकलाई अन्तर्राष्ट्रिय सीमा खुलाउने

रोयटर्स । सिंगापुरले कोरोनाभाइरस महामारीले बन्द रहेको अन्तर्राष्ट्रिय सीमालाई यसै महिनादेखि खुला गर्ने भएको छ । हङकङ, कतार, साउदी अरब र युएईका पर्यटकलाई क्वारेन्टिनरहित घुमघामको अनुमति दिने तयारी रहेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

सिंगापुर सहरको प्रशासनले खोप लगाएका पर्यटकलाई घुम्न आउन प्रेरित गर्न कोटा संख्यामा वृद्धि गर्ने पनि जनाएको छ । कोरोनाभाइरसको ओमिक्रोन प्रजाति फैलिएपछि त्यस्तो कोटामा यसअघि कटौती गरिएको थियो ।

सिंगापुरले सबै यात्रुको लागि सीमालाई व्यवस्थित गर्ने र लामो समयदेखि पासबाहक योग्य नागरिकहरुलाई अनुमति दिने व्यवस्था हटाउन लागिएको जनाइएको छ ।

तर, निर्माण र उत्पादन क्षेत्रमा कार्य गर्ने कामदारले लिने भिसामा भने अनुमति लिनुपर्ने व्यवस्था कायमै राखिएको छ । अधिकारीहरुले कम जोखिम रहेका मुलुकबाट आउने खोप लगाएका यात्रुलाई क्वारेन्टिनरहित ढंगले भ्रमणको अनुमति दिने योजना बनाइरहेका छन् ।

तत्कालको लागि अष्ट्रेलिया, भारत, मलेसिया, बेलायत र अमेरिकासहितका दुई दर्जन मुलुकबाट आउने खोप लगाएका यात्रुलाई प्रवेश अनुमति दिने सिंगापुरको तयारी छ । तर, हङकङलाई लिएर भने यस्तो निर्णय भैसकेको छैन । पछिल्लो समय हङकङमा भाइरसका मामिला बढेको छ ।

मंगलबार सिंगापुरमा १९ हजार १७९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण भएका अधिकांशमा हल्का लक्षण मात्र देखिएको छ । सरकारले स्वास्थ्य प्रणाली स्थिर हुने प्रक्षेपण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर