माधव नेपाललाई भेटेपछि प्रचण्डले भने- हाम्रो जोड गठबन्धन जोगाउनमै छ (भिडिओ) – Nepal Press

माधव नेपाललाई भेटेपछि प्रचण्डले भने- हाम्रो जोड गठबन्धन जोगाउनमै छ (भिडिओ)

नेपाल भन्छन्- धेरै बोलेरै बिग्रिएको छ

काठमाडौं । अमेरिकी सहयता परियोजना (एमसीसी) बारे गठबन्धनमा ‘निर्णायक’ छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा बसे ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा जसपा नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए । छलफलपछि सुरूमै श्रेष्ठ निस्किए ।

त्यसपछि निस्किएका एकीकृत समाजवादीका अध्यक्ष नेपाललले संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया मात्रै दिए । उनले भने- ‘के बोल्नु, धेरै बोलेरै बिग्रिएको छ ।’

नेपालपछि निस्किए माओवादी अध्यक्ष प्रचण्ड । उनले आफूहरूको जोड गठबन्धन जोगाउनमै रहेको बताए ।

‘पाँच बजे संयन्त्रको बैठक छ, त्यसको तयारीका लागि छलफलमा बसेका हौं,’ प्रचण्डले भने, ‘गठबन्धनलाई नै कसरी बचाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छ । पाँच दलको बैठकमा छलफल गरेर एउटा निचोड निकाल्नेमै हाम्रो जोड छ । जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’


प्रतिक्रिया

One thought on “माधव नेपाललाई भेटेपछि प्रचण्डले भने- हाम्रो जोड गठबन्धन जोगाउनमै छ (भिडिओ)

  1. कुरा एमसिसि पास गर्ने कि नगर्ने भन्ने छ निर्णय चाहिँ गठबन्धन जाेगचाहि रे । अरू सब छाेडेर गठबन्धन अपरिहार्य छ किनकी त्याे बिना लुटन पाईदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर