त्रिविमा लगाइएको तालाबन्दीविरुद्ध प्रगतिशील प्राध्यापकहरूको प्रदर्शन (तस्बिर/भिडिओ) – Nepal Press

त्रिविमा लगाइएको तालाबन्दीविरुद्ध प्रगतिशील प्राध्यापकहरूको प्रदर्शन (तस्बिर/भिडिओ)

काठमाडौं । नेपाल प्रगतिशील प्रध्यापक संगठनले लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा लगाइएको तालाबन्दीविरुद्ध मौन प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघ त्रिवि ईकाई समितिले लगाएको तालाबन्दी खोली कार्यालय सुचारु गर्न माग गर्दै प्राध्यापकहरुले उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्राध्यापकहरूले तालाबन्दीबाट समाधान नहुने भन्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी प्राध्यापकहरूले लामो समयदेखि त्रिवि कार्यालयमा तालाबन्दी हुँदा कार्यसम्पादनमा समस्या भएको भन्दै तालाबन्दी खोल्नुको विकल्प नरहेको बताएका छन् ।

नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले भने त्रिविमा भएको भ्रष्टाचारविरुद्ध थालिएको आन्दोलन यथास्थितिमा फिर्ता नहुने बताए ।

तस्बिरहरू : उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर