विवाह समारोहमा जादाँ इनारमा खसेर १३ जनाको मृत्यु – Nepal Press

विवाह समारोहमा जादाँ इनारमा खसेर १३ जनाको मृत्यु

दिल्ली । भारतमा एउटा विवाह समारोहमा अकस्मात एउटा इनारभित्र खस्दा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गत राति सो घटना भएको बीबीसीले जनाएको छ ।

अधिकारीहरुका अनुसार विवाह समारोहमा एउटा पुरानो इनारलाई छोपेको स्ल्याबमा महिला र बालबालिका बसेका थिए । उनीहरुको तौल धान्न नसकेर सो स्ल्याब भत्किदा त्यहाँ बसेका सबै जना इनारभित्र खसेका थिए । डुबेकालाई उद्दार गरी अस्पताल लगिएको थियो । अस्पतालले उनीहरुलाई तत्काल मृत घोषणा गरेको थियो । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका पीडितको शोकमा डुबेका आफन्त विवाहको पहिरमा अस्पताल पुगेका थिए । ‘इनारमा खस्दा १३ जनाको मृत्यु र दुई जना गम्भीर घाईते भएका छन्,’ जिल्ला म्याजिस्ट्रेट एस राजालिंगमले भने ।

करिव १० बजे ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्पराअनुसार इनारमा पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनलाई ह्दयबिदारक भन्दै घाइतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

मोदीले यस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई–दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् भने पीडितलाई ५०–५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर