पहिलो टी-ट्वान्टीमा वेस्ट इन्डिजमाथि भारतकाे सहज जित – Nepal Press

पहिलो टी-ट्वान्टीमा वेस्ट इन्डिजमाथि भारतकाे सहज जित

काठमाडौं । भारतले वेस्ट इन्डिजविरूद्धको पहिलो टि-२० खेलमा ६ विकेटको सहज जित हात पारेको छ। बुधबार कोलकत्तामा १५८ रनको विजयी लक्ष्य पाएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १६२ रन बनायो । भारतका कप्तान रोहित शर्माले ४०, इशान किशनले ३५ रन जोड्दा सूर्यकुमार यादवले अविजित ३४ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५७ रनको योगफल बनायो । वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रन, केली मेयर्सले ३१ रन तथा कप्तान केइरन पोलार्डले अविजित २४ रनको योगदान गरे ।

भारतका हर्सल पटेल र रबि बिश्नोईले २र२ विकेट लिए । यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको हो । दोस्रो खेल आज (बिहिबार) नै रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर