छोराको स्मृतिमा पाँच लाख धनराशीको ‘स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’ अक्षय कोष स्थापना – Nepal Press

छोराको स्मृतिमा पाँच लाख धनराशीको ‘स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’ अक्षय कोष स्थापना

बिराटनगर । प्रदेश एक अन्तरगत मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर तीन स्थायी घर भएका अवकाशप्राप्त प्रहरी नायव उपरीक्षक (डीएसपी) बद्री बिक्रम थापा (गोदार) र उनकी श्रीमती बिमला थापा तथा छोरी बेनिजा थापाले संयुक्त रुपमा पाँच लाख रुपैया बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

सवारी दुर्घटनामा परी दिवंगत भएका स्वर्गिय छाेरा बिप्लव थापा (गोदार)को स्मृतिमा उनका परिवारजनले ‘बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’ अक्षयकोषको स्थापना गरेका हुन् । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा बुधबार दाता परिवारले उक्त कोषको रकम एक नम्बर प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) अरुण कुमार बिसीलाई हस्तान्तरण गरेका एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक ((एसपी) नविनराज राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार उक्त पुरस्कार एक नम्बर प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी जवानदेखी वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जासम्मको एक जना प्रहरी कर्मचारीलाई प्रत्येक बर्ष पच्चिस हजार तथा प्रशंसा–पत्र द्वारा सम्मान प्रदान गरिने छ ।

यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले पाँच लाखको अक्षकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट ‘बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’को सुरुवात गरिने गरी सम्झौता भएको कोषका संस्थापकले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर