भारी वर्षापछिको बाढीपहिरोले ब्राजिलमा ३० जनाको मृत्यु – Nepal Press

भारी वर्षापछिको बाढीपहिरोले ब्राजिलमा ३० जनाको मृत्यु

रियो द जेनेरियो । भारी वर्षापछि आएको बाढीले ब्राजिलको सहर पेट्रोपोलिसमा कम्तीमा ३४ जनाको मृत्यु भएको त्यहाँको स्थानीय सरकारले जनाएको छ ।

सहरका गल्ली र सडक जलमग्न भएको छ भने पहिरोले केहीको मृत्यु भएको जनाइएको छ । रुसको भ्रमणमा निस्किएका राष्ट्रपति जेर बोल्सेनारोले चाँडो सहायता दिन र पीडितलाई सघाउन मन्त्रीहरुलाई निर्देशन दिएको ट्वीट गरेका छन् ।

रियो द जेनेरियाका गर्भनर क्लाउडियो क्यास्ट्रोले मंगलबार राती उक्त क्षेत्रको भ्रमण गरेका छन् । ‘हामी आवश्यक सहयोग जुटाउन पेट्रोपोलिसमा छौं’ क्यास्ट्रोले ट्वीट गरेका छन् । विपत प्रभावितलाई सहायता उपलब्ध गराएपछि मात्र आफूले सहर छाड्ने सार्वजनिक भिडिओमा उनले उल्लेख गरेका छन् ।

बुधबार मस्कोमा राष्ट्रपति बोल्सेनारोले रुसी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । डिसेम्बर यता ब्राजिलको उत्तरपूर्वी भूभाग र साओ पाउलो राज्यमा बाढी र पहिरोले समस्या निम्ताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर