१६०० कोरोना संक्रमित डिस्चार्ज, तीन जनाको मृत्यु – Nepal Press

१६०० कोरोना संक्रमित डिस्चार्ज, तीन जनाको मृत्यु

काठमाडौं । नेपाल आज १६ सय कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३९ जना संक्रमित थप हुँदा सो संख्यामा डिस्चार्ज भएका हुन् ।

मन्त्रालयले ६ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ र २ हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यस्तै आज थप तीन जनाको मृत्यु भएको छ ।

आज देशभरी १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर