दुबई जाने नेपाली यात्रुलाई ६ घण्टाभित्रको पीसीआर रिपोर्ट नचाहिने – Nepal Press

दुबई जाने नेपाली यात्रुलाई ६ घण्टाभित्रको पीसीआर रिपोर्ट नचाहिने

काठमाडौँ । युएईको सहर दुबई जाने नेपाली यात्रुले छ घण्टा भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट देखाउन आवश्यक नपर्ने भएको छ । नेपाल एयरलायन्सले सूचना प्रकाशित गरी उक्त निर्णयबारेको जानकारी दिएको हो ।

तर, काठमाडौं–दुबई यात्रा गर्ने व्यक्तिले उडानको ४८ घण्टा भित्रको पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम भने कायम छ ।

यसअघि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्‍यापिड पीसीआर टेष्ट गर्नुपर्ने थियो । त्रिभुवन अन्तरािष्ट्रय विमानस्थल परिसरमा आधा दर्जन बढी प्रयोगशालाहरुले ती सेवा प्रदान गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर