आठ उच्च स्वास्थ्य अधिकारीहरुको जिम्मेवारी हेरफेर, अनुगमन महाशाखामा कृष्ण पौडेल – Nepal Press

आठ उच्च स्वास्थ्य अधिकारीहरुको जिम्मेवारी हेरफेर, अनुगमन महाशाखामा कृष्ण पौडेल

काठमाडौं । स्वास्थ्य मन्त्रालयले उच्च स्वास्थ्य अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

उक्त निर्णयअनुसार मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा कृष्णप्रसाद पौडेल सरुवा गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा चुमललाल दासलाई लगिएको छ । सोही अस्पतालका चिकित्सक डा यज्ञ खरेललाई भने मेसुको जिम्मेवारी दिइएको छ।

सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रमै फिर्ता गरिएको छ। केन्द्रीय कारागार अस्पतालमा प्रकासप्रसाद साहलाई पठाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका प्रमुख डा सञ्जय ठाकुरलाई पठाइएको छ।

हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्रका प्रमुख यदुचन्द्र घिमिरेलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा लगिएको छ । तालिम केन्द्रका प्रमुख केशव पण्डितलाई केन्द्रमा पठाइएको छ। कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकमा भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधी बसौलालाई जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर