लगातार च्याम्पियन प्रशिक्षक बनाएकोमा खेलाडीलाई धन्यवाद : प्रवेश कटुवाल – Nepal Press

लगातार च्याम्पियन प्रशिक्षक बनाएकोमा खेलाडीलाई धन्यवाद : प्रवेश कटुवाल

काठमाडौं । सातदोबाटो युथ क्लबविरुद्ध १–० गोलको जित निकाल्दै लगातार दोस्रो पटक ए डिभिजन लिग च्याम्पियन बनेपछि मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले खेलाडीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

खेलाडीहरुले लगातार च्याम्पियन बनाएको भन्दै उनले धन्यवाद व्यक्त गरेका हुन् ।

‘पछिल्लो सिजन ए डिभिजन प्रशिक्षकमा मेरो डेब्यू थियो । यो दोस्रो वर्ष हो, जितेको पनि दोस्रा वर्ष नै हो ju। खेलाडीले नै खेलेर जितेको हो । म त केहि पनि होइन । हामीमा सुमधुर सम्बन्ध छ । हाम्रो जितको आधार त्यो नै हो । लगातार च्याम्पियन प्रशिक्षक बनाएकोमा खेलाडीलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।

यस्तै उनले आजको जित लिगको १०औं चरणमा च्यासल युथ क्लवरिुद्धको खेलमा घाइते भएका स्ट्राइकर मनिष डाँगीलाई समर्पण गर्न चाहेको बताएका छन् ।

‘मनिष च्यासलसँगको खेलमा घाइते भए त्यो नराम्रो घटना भयो । हामीले उसलाई चाँडो भन्दा चाँडो मैदानमा देख्न पाइयोस भन्ने हो । उनी आजको सेलिब्रेसनमा हामीसँगै थिए । र, यो जित मनिषकै लागि समपर्ण गर्न चाहन्छौं,’ उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर