एमसीसीविरोधी प्रदर्शन : चार घण्टाको पौँठेजोरीपछि सुस्ताएका प्रहरी (तस्बिरहरू) – Nepal Press

एमसीसीविरोधी प्रदर्शन : चार घण्टाको पौँठेजोरीपछि सुस्ताएका प्रहरी (तस्बिरहरू)

काठमाडौं । एमसीसीको विरोधमा दिनहुँ प्रदर्शन भइरहेकोमा काठमाडौंको सडकमा आजको दृष्य फरक देखियो । सत्ताघटककै दलका कार्यकर्ता प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृति समाजवादीका नेता-कार्यकर्ता तथा भ्रातृ संगठनको विरोधमा उत्तेजित आन्दोलनकारीलाई नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको थियो । सोक्रममा प्रदर्शनकारी र प्रहरीसमेत घाइते भएका छन् ।

झण्डै ४ घण्टासम्म बानेश्वर क्षेत्र तनावग्रस्त भयो । मुठभेडका क्रममा थाकेका प्रहरी प्रदर्शनकारी तितरबितर हुन थालेसँगै सडकमा सुस्ताएर बसेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा एमसीसी टेबल गर्न खोजेपनि प्रचण्डको अनुरोधमा स्थगित गरियो । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसीको पक्षमा छ । माओवादी, नेकपा एस र जसपा यथास्थितिमा अघि बढाउन नहुने भन्दै विरोधमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर