राजा बन्ने सौगातको चाहना : ‘लप्पन छप्पन २’ ट्रेलरमा ग्याङस्टरदेखि क्राइमसम्मको कथा – Nepal Press

राजा बन्ने सौगातको चाहना : ‘लप्पन छप्पन २’ ट्रेलरमा ग्याङस्टरदेखि क्राइमसम्मको कथा

काठमाडौं । फागुन २० गतेदेखि प्रदर्शनमा आउन लागेको ग्याङस्टर फिल्म ‘लप्पन छप्पन २’ ट्रेलर बुधबार इन्टरनेट रिलिज भएको छ । एक्सन-प्याक्ड ट्रेलरमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा फिचर्ड छन् ।

नेपाल र विदेशमा छायांकन गरिएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । ट्रेलरले मुख्य पात्रले निर्वाह गरेको चरित्रलाई पनि उजागर गरेको छ ।

सबै पात्रहरु ग्याङस्टर भएपनि अर्पणलाई चाहिँ समलिंगी पुरुषको रुपमा प्रस्तुत गरिएको छ । सन् २०१७ को फिल्म ‘लप्पन छप्पन’कै सिक्वेलको रुपमा यो फिल्म रिलिज हुन लागेको हो ।

हेर्नूस ट्रेलर :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर