ओलीसँग पश्चिमा राजदूतहरुको तारन्तार भेटवार्ता : फ्रान्सेली कूटनीतिज्ञ आज बालकोट पुगे – Nepal Press

ओलीसँग पश्चिमा राजदूतहरुको तारन्तार भेटवार्ता : फ्रान्सेली कूटनीतिज्ञ आज बालकोट पुगे

काठमाडौं । अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिएर कूटनीतिक र राजनीतिक रस्साकस्सी चलिरहँदा पश्चिमा मुलुकका राजदूतहरुले राजनीतिक भेटलाई तीव्र तुल्याएका छन् ।

माघ २५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले एमसीसीमा समर्थन जुटाउन पहल गरेका थिए ।

फागुन ३ गते ओली निवास बालकोटमै पुगेर जर्मन राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको थियो । भेटपछि जर्मनी दूतावासले विज्ञप्ति जारी गर्दै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाएको छ ।

बुधबार ओलीसँग फ्रान्सेली राजदूत गिलिज बौरबाओले भेटवार्ता गरेका छन् । फ्रेन्च दूतावासका अनुसार भेटमा ओलीले सन् २०१९ मा पेरिस भ्रमण गरेयता विकसित द्धिपक्षीय सम्बन्धबारे छलफल भएको थियो ।

मुख्य प्रतिपक्षी दल एमालेले एमसीसीबारे आफ्नो पोजिसन स्पष्ट नपारेको र सम्झौताबाट पछि हटे पश्चिमा मुलुकसँग सम्बन्धमा असर पर्ने अमेरिकी चेतावनीको पृष्ठभूमिमा ओली र पश्चिमा राजदूतबीचको भेटघाटले तीव्रत पाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर