मछिन्द्र दाेस्राेपटक बन्याे ‘ए’ डिभिजन लिग च्याम्पियन – Nepal Press

मछिन्द्र दाेस्राेपटक बन्याे ‘ए’ डिभिजन लिग च्याम्पियन

काठमाडौं । दुईखेल अगावै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगकाे उपाधि जितेकाे छ ।

बुधबार दशरथ रंगाशालामा भएकाे खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० गाेलकाे नतिजामा पराजित गर्दै मछिन्द्रले उपाधि जितेकाे हाे । गत सिजन पनि मछिन्द्रले नै उपाधि जितेकाे थियाे ।

मछिन्द्रलाई लिग च्याम्पियन बनाउन सातदोबाटोविरुद्धको खेलमा अजरवैजानी खेलाडी नुर्लान नाेभ्रूजाेभले खेलकाे ५३औं मिनेटमा निर्णायक गाेल गरे । सुनिल बलकाे क्रसमा देवेन्द्र तामाङकाे हेडर सातदोबाटोका गाेलकिपरले राम्ररी क्लियर गर्न नसक्दा बल नुर्लानकाे खुट्टामा पुगेकाे थियाे । यार्ड बक्सनजिकै रहेका नुर्लानले सजिलै बललाई पाेष्टकाे दिशा दिलाए ।

जितसँगै मछिन्द्र ११ खेलमा अपराजित रहँदै २९अंक जाेडेकाे छ । दाेस्राे स्थानकाे मनाङले बाँकी तीन खेल जितेर अंक बराबरी गरेपनि हेड टु हेडका आधारमा मछिन्द्र नै च्याम्पियन बन्नेछ ।

त्यसअघि, खेलकाे १९औं मिनेटमा वान भर्सेज वानकाे अवस्थामा विमल बक्सभित्रबाट गाेल गर्न असफल भएपछि मछिन्द्रले अग्रतालिने अवसर खेर फालेकाे थियो ।

मछिन्द्रका फरवार्ड नुर्लान नाेब्रुजाेभकाे क्रसमा बिमलले २४औं मिनेटमा हेडरमार्फत गरेको प्रहार सातदोबाटोका गाेलकिपर अभिषेक बरालले उत्कृष्ट बचाउ गरे ।

सातदोबाटोका फरवार्ड सुशील राईकाे क्रसमा सुदिप गुरूङले २८औं मिनेटमा गरेकाे प्रहार फ्रेममा नपर्दा सातदोबाटो अग्रता लिनबाट चुक्याे ।

सातदोबाटोका कप्तान मान बहादुर तामाङकाे फ्रिकिकमा
अजयी मार्टिनस्ले हेडर मार्फत गरेको प्रहार मछिन्द्रका गाेलकिपर विशाल श्रेष्ठले पन्चआउट गर्दै उत्कृष्ट बचाउ गरे ।

मछिन्द्रका फरवार्ड अभिषेक रिजालले पनाल्टी एरियाकाे बायाँ तर्फबाट गरेकाे प्रहार सातदोबाटोका डिफेन्डर पिटर सेगुनले ६यार्ड बक्सबाट क्लियर गरिदिए ।

मछिन्द्रकाे उपाधियात्राः

पहिलाे चरणमा न्युरोड टिम (एनआरटी)विरूद्ध २-१ गाेलकाे नतिजामा जित निकालेकाे मछिन्द्रले त्यसपछिका कुनै खेलमा गाेल खाएकाे छैन । मछिन्द्रका गाेलकिपर विशाल जारी लिगमा सबैभन्दा धेरै क्लिनसिट राख्ने किपर हुन् ।

दाेस्राे चरणमा त्रिभुवन आर्मी क्लबसँग गाेलरहित बरबरी खेलेकाे मछिन्द्रले तेस्राे चरणमा जावलाखेल युथ क्लबविरुद्ध २-० काे जित निकालेकाे थियाे । चाैथाे चरणामा हिमालयन सेर्पालाई ३-० काे नतिजामा हराएकाे थियाे । पाँचाैं चरणामा संकटासँग गाेलरहित बरबरी खेलेकाे मछिन्द्रले छैठाैं चरणमा मनाङ मर्स्याङदी क्लबमाथि सुनिल बलकाे गाेलमा १-० काे सानदार जित निकालेकाे थियाे ।

साताैं चरणमा नेपमल पुलिस क्लबलाई १-०काे नतिजामा हराउँदै तालिकाकाे शिर्ष स्थानमा रहेर एएफसी कप छनाेट चरणमा स्थान बनाएको थियाे ।

आठौं चरणमा फ्रेन्डसकाे आत्माघाती गाेल उपहारमा फ्रेन्ड्सविरूद्ध १-० काे जित निकाल्दा नवाैं चरणमा ब्रिगेड ब्वाईज क्लबलाइ स्तब्ध पार्दै ४-० काे नतिजामा जित निकालेकाे थियाे । र, दशाैं चरणमा च्यासल युथ क्लबलाई २-० काे नथिजामा हराउँदै तालिकामा ६अंककाे अग्रता लिंदै उपाधि यात्रा सहज बनाएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर