एमसीसी विरोध : विभिन्न स्थानबाट दर्जनौं प्रदर्शनकारी पक्राउ – Nepal Press

एमसीसी विरोध : विभिन्न स्थानबाट दर्जनौं प्रदर्शनकारी पक्राउ

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) फिर्ता गर्नुपर्ने मागसहित नेपाल बन्द आह्वान गर्दै हिँडेका दर्जनौंलाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानीका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न ६ दलीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेको थियो ।

पार्टीको घोषित कार्यक्रम अनुसार बन्द गराउन हिँडेका नेता कार्यकर्ताहरु पक्राउ परेका हुन् ।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आफूसहित ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार अहिले प्रदर्शनकारीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । उनीहरुमध्ये अधिकांशलाई विजुलीबजार पुलबाट नियन्त्रणमा लिइएको हो ।

नेकपा एकीकृत निकट भ्रातृ संगठन अनेरास्ववियूका नेता कार्यकर्ताहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीको विरोधमा प्रदर्शन गर्दै हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 

तस्बिरहरु : गाैरव पाैडेल र नविन स्थापित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर