अखिलले थाल्यो स्ववियु चुनावबारे बहस, टीयूमा अन्तरक्रिया – Nepal Press

अखिलले थाल्यो स्ववियु चुनावबारे बहस, टीयूमा अन्तरक्रिया

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले स्ववियु चुनावबारे बहस थालेको छ । जसअन्तरगत अनेरास्ववियुको परिचालन कमिटीले बुधबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अन्तरक्रिया कार्यक्रम गरेको टीयुका स्ववियु त्रिभुवन इन्चार्ज एवं सचिवालय सदस्य मदन विस्टले जानकारी दिए ।

‘स्वावियु निर्वाचन र यसको महत्व’ नाम दिइएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समयमै स्ववियु निर्वाचन हुनपर्नेमा जोड दिएका थिए । अन्तरक्रियामा अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले स्ववियु निर्वाचनको महत्वबारे धारणा व्यक्त गरेकी थिइन् ।

नेपाली राजनीतिमा समेत स्ववियु निर्वाचनलाई निकै महत्वका साथ हेरिन्छ ।

हरेक दुई वर्षमा हुनपर्ने स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालयका ३६ आंगिक क्याम्पसमा १३ वर्षदेखि हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर