एमसीसीविरुद्धको प्रदर्शनका क्रममा माओवादी कार्यकर्ता घाइते – Nepal Press

एमसीसीविरुद्धको प्रदर्शनका क्रममा माओवादी कार्यकर्ता घाइते

काठमाडौं । एमसीसीको विरोधमा गरिएको प्रदर्शनका क्रममा भएको झडपमा केही घाइते भएका छन् । प्रहरी र प्रदर्शनकारीबीचको मुठभेडमा केही प्रदर्शनकारी घाइते भएका हुन् ।

घाइते हुनेहरुमा विप्लव खड्का, सञ्जु राई, दिपक विष्ट, सुदर्शन मिश्र लगायत रहेका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ, अन्य केही सामान्य घाइते भएका छन् । घाइते हुनेहरु माओवादीको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका नेता, कार्यकर्ता रहेका छन् ।

मुठभेडका क्रममा केही प्रहरी र पत्रकारहरु पनि घाइते भएको बताइएको छ ।

घाइतेहरुका एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।

नेकपा माओवादीका भातृ संगठनहरुले वानेश्वरको सडकमा आयोजना गरेको प्रदर्शनका क्रममा तनाव भएको हो ।

आन्दोलनकारीले अराजक नारावाजीसहित ढुंगासमेत प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर