क्रिमियाबाट सेना फिर्ता बोलाउने रुसको घोषणा – Nepal Press
रुस–युक्रेन तनाव

क्रिमियाबाट सेना फिर्ता बोलाउने रुसको घोषणा

काठमाडौं । रुसले बुधबार युक्रेनको सीमा क्षेत्र क्रिमियाबाट सेना फिर्ता गर्ने घोषणा गरेको छ । समाचार संस्था एएफपीका अनुसार मस्काले त्यहाँ सैन्य अभ्यास सकिएको र सेनाहरु बेसमा फर्किएको समेत जनाइएको छ ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिण सैन्य जिल्लाका इकाइहरु अभ्यासपछि सैन्य अभ्यासमा सहभागिता जनाएपछि बेसमा फर्किएको जनाएको छ ।

त्यहाँको राज्य नियन्त्रित टेलिभिजनले सेनाहरु आफ्नो इलाकामा फर्कन रुसी नियन्त्रित प्रायद्धीपलाई जोड्ने पुल पार गरेको तस्बिरहरु पनि देखाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सेना फिर्ता भएको प्रमाणित नभएको बताइरहँदा रुसले क्रिमियाबाट सेनालाई फिर्ता बोलाएको हो । जर्मन चान्लर ओल्ज स्कोल्फले पनि मस्को पुगेर पुटिनलाई सेना फिर्ता हुन दवाव दिएका थिए ।

रुसको यो निर्णयलाई जारी रुस र युक्रेनबीचको तनाव केही मत्थर हुने संकेतको रुपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर