राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो, कति कित्ता भर्ने ? – Nepal Press

राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)बिक्री खुला गरेको छ ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता आईपीओको ल्याएको छ ।
सेयर फागुन ४ देखि ८ गतेसम्म थोरैमा १० कित्तादेखि धेरैमा १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ । तर मागभन्दा धेरै आवेदन पर्ने भएकोले १० कित्ता नै भर्नु ठिक हुने छ ।

कम्पनीले ल्याएको आईपीओ मध्ये ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि, १३ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणले पाउने छन् ।

कम्पनीको हाल चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ आईपीओ बाँडफाँड पनि पुँजी वृद्धि भई २६ करोड रुपैयाँ हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *