बाइडेनको सम्बोधन : हमलाको सम्भावना अझै उच्च, रुसी सेना पछि हटेको प्रमाण छैन – Nepal Press

बाइडेनको सम्बोधन : हमलाको सम्भावना अझै उच्च, रुसी सेना पछि हटेको प्रमाण छैन

काठमाडौं । रुसी रक्षा मन्त्रालयले मंगलबार युक्रेन सीमा नजिकबाट आफ्ना केही सैनिक इकाइ फिर्ता भएको बतायो । युक्रेनसँगको जारी तनावलाई मत्थर पार्ने रुसी कदमको रुपमा यसलाई लिइएको थियो ।

तर, अमेरिकाले भने रुसको यो कदमप्रति विश्वास गर्न अस्वीकार गरेको छ । देशवासीलाई गरिएको टेलिभिजन सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अझै पनि युद्धको सम्भावना उच्च रहेको र मानवीय क्षति हुनसक्ने सम्भावना व्यक्त गरेका छन् ।

रुसको यो कदमलाई रोक्न अमेरिका दृढतासँग उभिने बाइडेनको भनाई छ । बाइडेनले रुसले युक्रेन सीमामा डेढलाख सैनिकलाई अझै पनि उपस्थित गराएको समेत बताए ।

रुसी रक्षा मन्त्रालयले युक्रेन सीमाबाट केही सैनिकलाई फिर्ता गराइएको बताएपनि बाइडेनले चाहिँ रुसको उक्त दावी अझै प्रमाणित नभैसकेको बताए । ‘रुसी सेना फिर्ता हुनु राम्रो हो तर यो अझै प्रमाणित भैसकेको छैन । हामीले अहिलेसम्म रुसी सेनाहरु बेसमा फर्किएको पुष्टि गर्न सकिरहेका छैनौं’ बाइडेनले भने ।

‘हाम्रो प्रतिवेदनले स्थिती अझै पनि जोखिमपूर्ण रहेकोतर्फ बताएको छ’ बाइडेनले भने । युक्रेनले मंगलबार आफ्नो रक्षा मन्त्रालय र दुई बैंकमा साइबर हमला भएको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर